Logo
Logo

भारतीय प्रख्यात गायिका लत्ता मंगेशकरको निधन


693
Shares

काठमाडौं । भारतकी प्रख्यात गायिका लता मंगेशकरको निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले परिचित लताको आइतबार बिहान ९२ वर्षको उमेरमा निधन भएको हो ।

भारतीय मिडियाका अनुसार मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा उपचारको क्रममा लताको निधन भएको छ ।
प्रेस ट्रष्ट अफ इण्डियाले जनाएअनुसार कोरोना संक्रमण भएपछि उनलाई केही दिनअघि अस्पतालमा भर्ना गरिएर भेन्टिलेटरमा उपचार हुँदै आएको थियो ।

लत्ताले हिन्दी, अङ्ग्रेजी नेपालीलगायत ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनका थुप्रै नेपाली गीतहरु लोकप्रिय छन् । लत्ता नेपाली श्रोतामाझ समेत उत्तिकै लोलप्रिय थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् । लताको निधनको बलिउड र संगीत क्षेत्र शोकमा छ । हजारौँले सामाजिक सञ्जालमा लताको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।

उनले भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्ड प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्