काठमाडौं । राष्ट्रिय युवा संघले प्रदेश १ प्रदेश प्रमुखको कार्यालय जाने बाटो रोकेको छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रीमण्डल विस्तार गर्दैछन् । आज ८ नयाँ मन्त्रीको शपथ ग्रहणको कार्यक्रम छ । सो बारे विरोध जनाउँदै युवा संघले बाटो अवरूद्ध गरेको हो ।
प्रदेश १ का सातवटा मन्त्रालय विभाजन गरी १३ बनाएपछि एमालेले विरोध गर्दै आएको छ । आर्थिक भार बढाउने काम गरेका कारण सपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालय जाने बाटो छेकिएको युवा संघका केन्द्रीय कार्यलयले जनाएको छ ।