Logo
Logo

एमसीसीबारे धारणा बनाउन छलफलमा माओवादी


2.4k
Shares

काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीबारे धारणा बनाउन नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ ।

प्रधानममन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्र मिडियामा सार्वजनिक भएपछि माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो ।

आइतबार अनलाइन मिडियाहरुमा प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र र एमसीसीको जवाफी पत्र सार्वजनिक भएको थियो । सत्तारुढ गठबन्धनबीच एमसीसीबारे मतभेद कायम रहेका बेला उक्त पत्र सार्वजनिदक भएको हो । प्रधानमन्त्री र माओवादी अध्यक्षले पाँच महिनाको समयसीमा मागेर एमसीसीलाई राखेर पत्र लेखेका थिए । त्यसको जवाफीमा एमसीसीले पत्र पठाउँदै समयसीमामै एमसीसी संसदबाट अनुमोदन गर्न दबाव दिएको छ ।

एमसीसीको दबावपछि राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले आन्तरिक छलफलपछि एमसीसीबारे पार्टीले स्पष्ट धारणा तय गर्ने बताएका छन् ।

दुवै पत्र सार्वजनिक भएपछि एमसीसीमा माओवादीको धारणा के हो ? भन्ने प्रश्न उब्जिएका बेला माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो । माओवादी केन्द्रका नेताहरुले सार्वजनिक रुपमा भने एमसीसी यथास्थितिमा पास गर्न नहुने बताउँदै आएका छन् ।

आइतबार बिहान माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता गरेका थिए । सोक्रममा प्रधानमन्त्री समक्ष माओवादी नेताहरुले एमसीसीलाई लेखेको पत्र सार्वजनि गरेकोमा आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्