Logo
Logo

जोरबिजोर प्रणाली हटाउने सीसीएमसीसीको निर्णय


1.3k
Shares

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले यातायातका साधनमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको छ ।

सीसीएमसीसीको आइतबार सम्पन्न बैठकले सोमबार माघ २४ देखि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

ओमिक्रोन भेरियन्टको कोरोना तीब्र रुपमा फैलिएसँगै सरकारले स्मार्ट लकडाउन अन्र्तगत उपत्यकामा यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । तर, पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या घट्दै गएपछि समन्वय केन्द्रले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । केही दिन अगाडि मात्र सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली हटाइएको थियो ।

समन्वय केन्द्रले जोरबिजोर प्रणाली हटाउन गरेको निर्णय मन्त्रिपरिषदलाई गृहमन्त्रालयलाई सिफारिस गरेको छ । मन्त्रालयले मन्त्रिपरिषदबाट जोरबिजोर हटाउने निर्णय गरेपछि सीसीएमसीसीको निर्णय कार्यान्वयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्