काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउने दिने निर्णय गरेको छ ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या घटेसँगै सीसीएमसीसीले फागुन १ गतेबाट भौतिक रुपमै पठनपाठन गर्न सकिने निर्णय गरेको हो । सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने निर्णय गर्दै कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।
पछिल्लो समय कोभिडको ओमिक्रोन भेरियन्ट फैलिएसँगै सरकारले घको पहिलो सातादेखि विद्यालयमा भौतिक पठनपाठक बन्द गर्ने निर्णय गरेको थियो । पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारले सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।