काठमाडौं । एमसीसीको विषयलाई लिएर राजनीति ध्रुविकृत भइरहेको बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चाँडै कार्यान्वयनमा जाने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सत्तारुढ दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि मन्त्री कार्कीले छिट्टै एमसीसी पारित भएर कार्यान्वयन हुने बताएका हुन् ।
मन्त्री कार्कीले भने– ‘एमसीसीको विषयमा जुन बहस चलराखेको छ । जुन किसिमको भ्रम र आशंकाहरु छ यो चाँडै नै दूर भएर यो कार्यान्वयनमा जान्छ ।’
मन्त्री कार्कीले एमसीसीलाई लिएर गठबन्धनमा कुनै समस्या नरहेको र नरहने समेत बताएका छन् ।