Logo
Logo

‘विदेश र सुरक्षा नीतिमा सबै दलले साझा धारणा बनाउनुपर्छ’


504
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परराष्ट्र र सुरक्षा नीतिमा राजनीतिक दलहरुको साझा धारणा बनाउन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा अध्यक्ष नेपालले राजनीतिक दलका नेताहरूभित्रको संकीर्ण सोचले गर्दा परराष्ट्र नीति र सुरक्षा नीतिमा साझा धारणा बनाउन नसकेको बताएका हुन् । विदेश मामिला र राष्ट्रिय सुरक्षाका विषयमा मुलुकभित्रका सबै दलहरूको साझा धारणा हुनुपर्ने उनले बताए ।

उनले भने, ‘कतिपय विषयमा राष्ट्रिय सहमति चाहिन्छ । सुरक्षा, परराष्ट्रसम्बन्धी नीतिबारे साझा धारणा बनाउनुपर्छ । साझा धारणाका आधारमा सुरक्षा र परराष्ट्र नीति तर्जुमा गरौं भन्दै आएका छौं, त्यो सम्भव हुन सकिरहेको छैन । हामीभित्रको संकीर्णताले गर्दा त्यसो हुन सकिरहेको छैन ।’

समितिले भूपू गोर्खा सैनिकको विषयमा छलफल राखेको थियो । अध्यक्ष नेपालले गोर्खा भर्तीबारे भारत, बेलायत र नेपालबीचको सन् १९४७ को सन्धिको औचित्यबारे पनि प्रश्न उठाए । उनले भने, ‘१९४७ को सम्झौताको औचित्य छैन । अब नयाँ सम्झौतामा जानुपर्ने भएको छ । बेलायत सरकारसँग पेन्डिङ रहेका विषयको टुंगो लगाउनुपर्ने भएको छ ।’

प्रतिक्रिया दिनुहोस्