काठमाडौं । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसरा उक्त प्रणालीका कारण हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु लागेको छ ।
त्यस्तै आज (मंगलबार) दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । अन्य प्रदेशमा भने आंशिक बदली रहने छ ।
महाशाखाका अनुसार दिउँसोतिर प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने दिनभर सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र अन्य प्रदेशमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।