Logo
Logo

मतदाता नामावली संकलन कार्य स्थगित


1.4k
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ ।

आयोगले आजदेखि नामावली सङ्कलन कार्य बन्द गरिने जनाएको हो । निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन ।

चुनावलाई लक्षित गरी गएको मंसिर १७ गतेदेखि १९ गतेसम्म गाउँपालिका र नगरपालिकास्तरमै आयोगले नामावली संकलन गरेको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आज नै ७७ वटै जिल्ला निर्वाचन कार्यालयलाई हिजोसम्म सङ्कलित मतदाता विवरण तीन दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिइएको हो ।

मन्त्रिपरिषद्को सोमबार (हिजो) बसेको बैठकले स्थानीय तहको चुनाव २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्