काठमाडौं , २४ जेठ ।
नेकपा मसालको महामन्त्रीमा पुनः मोहनविक्रमसिंह चुनिएका छन् ।
मसालको आज सम्पन्न ८ औं महमधिवेशनबाट पाँचौपटक सिंह महामन्त्रीमा चुनिएका हुन् ।
महाधिवेशनले २४ सदस्यीय पूर्ण केन्द्रीय समिति समेत निर्माण गरेको छ ।
केन्द्रीय समितिमा ९ जना वैकल्पिक केन्द्रीय समेत चयन भएका छन् भने ९ सदस्यीय सल्लाहकार समिति समेत निर्माण भएको छ ।