Logo
Logo

एक हजार ९५७ सङ्क्रमित थपिए, ११ जनाको मृत्यु


882
Shares

काठमाडौं । कोरोना सङ्क्रमणका कारण नेपालमा थप ११ जनाको मृत्यु भएको छ । सोहि समयमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार आठ सय ३८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९२ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो विवरणमा व्यक्तिगत परीक्षण गरी एसएमएस र इमेलबाट प्राप्त जानकारी पनि समेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप पाँच हजार एक सय तीन जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ३६ हजार एक सय ८१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार तीन सय ४९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्