काठमाडौं । सरकारले सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादबारे यथार्थ बाहिर ल्याउने बताए । उनले सीमा क्षेत्रमा कुनै समस्या आए कूटनीतिक ढंगले समाधान खोज्ने जिकिर गरे ।
चिनियाँ पक्षले सीमा मिचेको भन्ने रिपोर्ट आएकोसम्बन्धी सञ्चारकर्मीको जिज्ञासामा यनदृ भने, ‘रिपोर्टका भरमा नभई स्थलगत अध्ययनका आधारमा मात्रै सीमाको विवादको किनारा लगाउनुपर्छ । सीमा विवाद चाहे त्यो भारतको होस् वा चीनको, कूटनीतिक ढङ्गले समाधान गर्छौ । ती समस्याहरु आउनु हुन्न र आउन नदिन सरकार सदैब प्रयत्नशील रहन्छ ।’