Logo
Logo

सचिव बढुवामा तीनको सहसचिवको सिफारिस, वैदेशिक रोजगार विभागमा पौडेल


11.1k
Shares


काठमाडौं । सचिवको एक रिक्त पदमा तीन सहसचिवको सिफारिस भएको छ । मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठतम् सहसचिवहरु मुकुन्द निरौला, विनोदप्रकाश सिंह र गोपीकृष्ण खनालको नाम सिफारिस गरेको हो ।


उनीहरुमध्ये सिंह यसअघि दुई पटक सिफारिसमा परिसकेका थिए । त्यसकारण उनको बढुवा हुने सम्भावना छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले तीनमध्ये एकको बढुवा गर्ने सम्भावना छ ।


त्यस्तै, वैदेशिक रोजगार विभागका महानिर्देशकमा शेषनारायण पौडेलको सरुवा भएको छ । विभागमा रहेका दीपक काफ्लेको श्रम मन्त्रालयमा सरुवा भएको छ । विभागको महानिर्देशक बनेका पौडेल केही महिनाअघिसम्म भुमी व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक थिए ।

प्रतिक्रिया दिनुहोस्