Logo
Logo

गैंडा मारेर फरार भएको २३ वर्षपछि समातिए कृष्णप्रसाद न्यौपाने


441
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मारेर फरार भएका एक व्यक्ति झण्डै २३ वर्षपछि पक्राउ परेका छन् ।

राष्ट्रिय निकुञ्जको अमृते पोष्ट नजिक २०५५ साल कात्तिक २८ गते गैंडा मारेर खाग चोरी गरेको अभियोगमा निकुञ्जले १२ जनाविरूद्ध मुद्दा चलाएको थियो । उनीहरूमध्ये फरार रहेका चितवनको कालिका नगरपालिका–२ का ‘न्यौपाने माइला’ भनिने कृष्णप्रसाद न्यौपानेलाई २३ वर्षपछि नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद पौडेलका अनुसार न्यौपानेलाई गैंडा मारेको अभियोगमा २०५७ सालको माघ २५ गते १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको आदेश गरेको थियो ।

पौडेलले वर्षौंदेखि विभिन्न ठाउँमा लुकीछिपी बसेका न्यौपानेलाई माघ ७ गते साँझ पक्राउ गरिएको बताए । न्यौपानेलाई काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङ्गबाट नियन्त्रणमा लिइएको हो । पौडेललाई जिल्ला कारागार भरतपुर पठाइएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्