Logo
Logo

एमसीसीबारे निर्णायक छलफलका लागि माओवादीले बोलायो बैठक


3.2k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक यहि माघ २७ र २९ गते बस्ने भएको छ । माओवादी केन्द्रले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठक विहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्ने भएको हो । कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यसपटक भौतिकरुपमा नै बस्न लागेको हो ।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी), स्थानीय तहको निर्वाचनको घोषणापछिको अवस्था, पार्टीको पदाधिकारी चयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

माओवादीको आठौँ महाधिवेशन गत पुसमा सम्पन्न गरेको थियो । तर माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन भने गरेको छैन ।

माओवादीले अबको बैठकमा केन्द्रीय सदस्यको मनोनयन, पोलिटव्यूरो, स्थायी समितिको चयन एवम् पदाधिकारी चयन गर्ने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्