Logo
Logo

२ हजार ४०१ संक्रमित थपिए, १४ जनाको मृत्यु


441
Shares

काठमाडौं । नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ११ हजार ६ सय ३ पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ५१ जना र ४ हजार ७ सय ५३ एन्टीजेन परिक्षणका क्रममा ५ सय ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ७ हजार ७ सय ७७ संक्रमित निको हँुदा हालसम्म नेपालमा ९ लाख ७० हजार ४ सय ६२ जना निको भएका छन् ।

हाल नेपालमा ३० हजार २ सय ४१ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्