काठमाडौं । बुधबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा सिफारिस गर्याे । सचिवको एक रिक्त पदमा मुकन्द निरौला, विनोद प्रकाश सिंह र गोपीकृष्ण खनालको नाम सिफारिस भएको हो ।
उनीहरुमध्ये एक जनालाई अब बस्ने मन्त्रिपरिषद्को बैठकले बढुवाको निर्णय गर्नेछ । तर, सहसचिव निरौला भने अब आफु सचिवमा बढुवा हुने र निर्वाचन आयोगमा पदस्थापद हुने प्रचार गर्न थालेका छन् ।
चुनावको बेला भएकाले आयोगमा टन्न पैसा हुने र सेटिङमा टेण्डर दिएर कमाउने योजनासाथ उनी पहिलो पोष्टिङमै आयोगमा जान दौढधुपमा लागेका हुन् । जबकी सचिव बढुवा भएलगत्तै प्रदेशमा पठाउने चलन छ । सचिवमा बढुवा भएको २ वर्षसम्म पनि कतिपयले महत्वपूर्ण जिम्मेवारी पाएका छैनन् । निरौला भने आफु कर्मचारी भन्दा कांग्रेसको बफादार व्यक्ति भएकाले आयोगमा जान दौडधुपमा लागेका छन् । हाल गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुख रहेका उनी मन्त्रालयको काम समेत छाडेर यसरी दौडधुपमा लागेको देखर मन्त्रालयका कर्मचारी समेत चकित परेका छन् ।