बाजुरा । नेकपा एमाले बाजुुराले नौवटै स्थानीय तहको पालिका इन्चार्ज तोकेको छ । एमालेको मंगलबार बसेको पदाधिकारी बैठकले नौ जनालाई पालिका इन्चार्ज तोकिएको पाटी सचिव भरत थापाले जानकारी दिए ।
मालेको प्रथम पदाधिकारी बैठकले नौवटै पालिकाका इन्चार्ज तोकिएको र कोल्टीमा बस्ने पूर्ण बैठकमा अनुमोदनका लागि लैजाने सचिव थापाले बताए ।
एमालेको पदाधिकारी बैठकले बुढीगंगामा पदम भण्डारी, बडिमालिकामा डम्बर महत, गौमुलमा विरेन्द्र रोकाया, खप्तड छेडेदहमा दिल रावतलाई इन्चार्ज तोकिएको सचिव थापाले बताएका छन् ।
यस्तै त्रिवेणीमा मोतिसिंह बुढा, हिमालीमा मानबहादुर रोकाया (अर्जुन), स्वामीकार्तिक खापरमा मेघराज शाही, जगन्नाथ काली धराला र बुढीनन्दामा राजन रोकायालाई इन्चार्ज तोकिएको एमाले बाजुराले जनाएको छ ।