Logo
Logo

मौसम पूर्वानुमान : आज यी प्रदेमा वर्षाको सम्भावना


3.7k
Shares

काठमाडौं । देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार उक्त प्रणालीका कारण हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

बाँकी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा हुस्सु लागेको महाशाखाले जनाएको छ । त्यस्तै आज (बिहीबार) दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा अन्यत्र आंशिक बदलीसँगै मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

त्यस्तै आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हालैको वर्षा तथा हिमपातका कारण देशभर चिसो बढेको महाशाखाको भनाइ छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्