काठमाडौं । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालविरुद्ध १ ० को जित निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो । रोमेलु लुकाकुले ३२औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
चेल्सीले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पाल्मिरसले इजिप्टको अल अह्लिलाई २(० ले पराजित गरेको थियो ।