Logo
Logo

विमति भित्र सहमतिको खोजि भइरहेको छ : अध्यक्ष नेपाल


2.8k
Shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले विमति भित्र सहमतिको खोजि भइरहेको बताएका छन् । विभिन्न पार्टी परित्याग गरी काभ्रेका नेपाली कांग्रेसका नेता राम तामाङको नेतृत्वमा ५० जना वढी नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष नेपालले बर्तमान सत्ता गठवन्धन बाम लोकतान्त्रिक गठवन्धन भएकोले कतिपय वैचारीक विमतिका बावजुत सहमतिको खोजि हुने गरेको बताएका हुन् ।

देश अब चुनावमा होमिएकोले सवै कार्यकर्ताहरुलाई चुनावको तयारी सहित पार्टी र संगठन निर्माणका काममा लाग्न निर्देशन दिदै पछिल्लो समय भूत्ते भएको एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर नै चलेको जिकिर गरे ।

उनले गठबन्धनको सरकार प्रति नेपाली नागरिकहरुले धेरै ठूलो अपेक्षा गरेको भन्दै वर्तमान वामपन्थि लोकतान्त्रीक शक्तिसंग स्थानिय मात्र होईन प्रदेश र संघको निर्वाचनमा पनि गठवन्धन सरकार मिलेर जाने तर्क दिए ।

उनले संविधानको रक्षा ,संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीताको पक्षको रहेको गठबन्धन सरकार कायमै राख्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक रहेको बताए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले लोकतान्त्रिक मान्यता बोकेको कांग्रेस भित्र केही मत भिन्नता भएपछि मुल नेतृत्व गठबन्धनसँग सकारात्मक रहेको बताए । ।

प्रतिक्रिया दिनुहोस्