काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक सार्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले फागुन २ गते तोकिएको बैठक सार्न आग्रह गरिएको जानकारी दिए । उनले भने, ‘फागुन २ मा विराटनगरमा प्रदेश १ स्तरीय भेला आयोजना गरिएको छ । बैठक नजुधाउन आग्रह गरेका हौं ।’
प्रदेशस्तरीय भेलामा पार्टीका पदाधिकारी, स्थानीय प्रमुख, उपप्रमुख, प्रदेशभित्रका सबै सांसद सहभागी हुने भएकाले संसद बैठक स्थगित गर्न एमालेले आग्रह गरेको हो ।