काठमाडौं । होटलमा लगेर दुई युवकलाई लुट्ने राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का एक कर्मचारी पक्राउ गरेका छन् । सूचक सुजन मिश्रलाई प्रहरीले पक्राउ गरेको हो ।
मिश्रसहित दुई व्यक्तिले २५ गते काठमाडौं– ६ स्थित कुशल बैंक्वेट अगाडी चियापसलमा चिया खाइरहेका दुई व्यक्तिलाई आफुहरु प्रहरी भएको भन्दै होटलमा लिएर गएका थिए । लागू औषध मुद्दामा फसाइदिने भन्दै उनीहरुले ६० हजार नगद र तीन वटा मोबाइल डकैती गरेर भागेको थिए । पीडितले दिएको उजुरीका आधारमा मिश्रलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा उनी गुप्तचरको कर्मचारी भएको खुलेको हो ।