काठमाडौं । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त प्रणालीका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज (शुक्रबार) दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षासँगै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ भने अन्यत्र भने सामान्यतया मौसम सफा रहने छ ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावनासमेत रहेको छ ।
वर्षा तथा हिमपातका कारण देशभर चिसो कायमै रहेको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।