Logo
Logo

संघीयता विरोधीहरुको ओलीसँग साँठगाँठ छ : प्रचण्ड


5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको विजय यात्रालाई रोक्न सकिँदैन भन्ने ठानेर विगतदेखि नै निकै ठूलो षड्यन्त्र भइरहेको बताएका छन् ।

‘प्रचण्ड’को निवास खुमलटारमा विहिबार रुपन्देहीको सम्मरिमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) माओवादी केन्द्रमा प्रवेश गराउँदै उनले माओवादीविरुद्ध गतिविधि भइरहेकाले त्यसलाई रोक्न सबैको सार्थक पहल जरुरी रहेको बताए।

विगतमा पनि तराई मधेशमा माओवादीविरुद्ध ठूलो भ्रम छरिएको र माओवादीले केही पनि गर्दैन भन्ने कुरा स्थापित गर्न खोजिए पनि जनताका सामु त्यो सबै खारेज भएको उनको भनाई छ ।

यतिबेला मधेसवादी भनिएका पार्टीले नै सङ्घीयता, गणतन्त्र, पहिचान अधिकार विरोधी केपी शर्मा ओलीसँग गएर साँठगाँठ गरेको उनको आरोप थियो । उनले जनताका बीचमा भएर पार्टीविरुद्ध छरिएका भ्रम चिर्न र सङ्गठित गर्न अध्यक्ष प्रचण्डले आग्रह समेत गरेका छन् ।

रुपन्देहीको सम्मरिमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपामाओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष शुक्लासहित वडाध्यक्ष श्रवणकुमार यादवलगायतका जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई अध्यक्ष दाहालले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्