Logo
Logo

दाङको चप्पल गोदाममा आगलागी, ५ जनाको मृत्यु


2.4k
Shares

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्ता/चप्पल गोदाममाआगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।

इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको हो ।

आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको उनले जानकारी दिए । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो ।

प्रहरीले पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको बताएको छ । मृतकको पहिचान हुन बाँकी छ । त्यस्तै आगलागीमा परी एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।

विद्युतको मिटर पड्किंदा आगलागी भएको अनुमान छ । आगलागीबाट सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा पनि क्षति भएको छ ।

आगलागी बिहान २ बजेदेखि सुरु भएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको छ ।

आगलागी तुलसीपुर

प्रतिक्रिया दिनुहोस्