काठमाडौं । कामना सेवा बिकास बैंकले ग्राहक महानुभावहरुको सन्तुष्टिलाई प्राथमिकता दिँदै बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘केएसबिबीएल केयर’ फेब्रुअरी ९ ,२०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘कामना सेवा कस्टमर डे’ कार्यक्रममार्फत देशव्यापी रुपमा आफ्ना ग्राहक महानुभावलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरी उक्त कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उतरोतर प्रगतिमा निरन्तर साथ र सहयोग प्रदान गर्नुभएकामा सम्पूर्ण ग्राहक महानुभावप्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहक महानुभावका आवश्यकताअनुसार भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै निरन्तर सेवामा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने बताएका छन् ।