काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि नेता कमल थापा प्रदेश १ को भ्रमणमा निस्केका छन् । नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेका उनले शुक्रबार मोरङ, सुनसरी र झापाका हिन्दुवादी अगुवाहरूसँग भेटघाट गर्ने निस्किएको बताइन्छ ।
राप्रपाबाट अलग भएका थापाले हाल नयाँ पार्टी खोल्ने योजना बनाएका छन् । उनीनिकट नेता राजाराम बर्तौलाका अनुसार प्रदेश १ पछि थापाले अन्य प्रदेशको भ्रमण गर्ने छन् ।