काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई अब मतपत्र च्यातेर जिन्ते कल्पना नगर्न चेतावनी दिएका छन् । शुक्रबार एमालेको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बिगतमा जस्तो मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने कल्पना नगर्न चेतावनी दिएका हुन् ।
उनले पाँच वर्षअघि पनि सत्ता गठबन्धनसँग लडेरै स्थानीय तहमा एमालेले जितेको बताए । उनले यसपल्ट बहुमतसहित एमालेले जित्ने दाबी गरे । स्थानीयत तहमा मात्रै नभइ आगामी प्रदेश र संघीय निर्वाचनमा समेत बहुमत प्राप्त गर्ने उनको भनाइ छ ।
स्थानीय सरकारमा एमालेले बहुमत ल्याएकाले सत्ता गठबन्धनलाई स्थानीय तह बिझाएको ओलीको आरोप छ। उनले भने, ‘पहिले ४१ दशमलव २८ प्रतिशत ल्याउँदा त यस्तो छ। अब बहुमत जित्छौं । के गर्लान् विचराहरु ? भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ।’