Logo
Logo

अबको निर्वाचनमा पनि एमालेकै बहुमत आउँछ : ओली


504
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीयसँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेकै बहुमत हुने बताएका छन् । शुक्रबार निर्वाचन केन्द्रीत एमालेको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ओलीले यस्तो दावी गरेका हुन् ।

२०७४ सालको स्थानीय चुनावमा सत्तागठबन्धनसँग लडेर पनि एमाले नै सबैभन्दा ठूलो दल भएको स्मरण गर्दै ओली भने, ‘अबको निर्वाचनमा पनि एमाले नै ठूलो दल हुनेछ ।’

अध्यक्ष ओलीले भने, ‘अहिले पनि केही दल स्थानीय तह निर्वाचनको पक्षमा छैनन्, तर हामीले उनीहरूलाई पनि तानेर निर्वाचनमा ल्याउँनुपर्नेछ ।’ संविधान दिवसलाई कालो दिन भन्नेहरूले त्यसको रस चुसिरहेको आरोप लगाउँदै ओलीले भने, ‘स्थानीय तह लोकतन्त्रको खम्बा हो । यो उपलब्धीलाई अझ बलियो बनाउन आवश्यक छ ।’

अहिलेको सत्ता गठबन्धनले स्थानीय तहको मर्म नै नबुझेको समेत उनले आरोप लगाए । ‘गठबन्धनकारीले स्थानीय तहको मर्म नै बुझेका छैनन्, एमालेले जोडबल नगरेको भए अहिले पनि निर्वाचनको मिति तोकिँदैनथ्यो ।’

पार्टी फुटाएर अर्को पार्टीमा लागेकालाई एमालेमै फर्कन समेत आग्रह गर्दै उनले भने, ‘भ्रमवश अर्को पार्टीमा लागेकालाई फर्कन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्