Logo
Logo

प्रचण्डको सचिवालयले भन्यो, ‘एमसीसीबारे ओली गैरजिम्मेवार बन्यो’


4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमसीसीबारे गैरजिम्मेवार भनेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ ।

बिहीबार साँझ ओली र प्रचण्डबीच भएको टेलिफोन कुराकानीका क्रममा एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न प्रचण्डले आग्रह गरेपनि ओली गैरजिम्मेवार बनेको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शुक्रबार सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन् ।

‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौँ’ मल्लले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने अध्यक्ष प्रचण्डले बताएको उल्लेख गरेका छन् ।

‘उहाँले बरु तपाईंहरुसँग बहुमत छ, पास गर्नुस् । तर, गैरसंसदमा रहँदासम्म संसद चल्न भने दिन्नौँ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो । यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन’, मल्लले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्