Logo
Logo

दूधमा प्रति लिटर १० रुपैयाँ बढाउने डेरी व्यवसायीद्वारा घोषणा


441
Shares

काठमाडौं । निजी क्षेत्रका दुध बिक्री गर्ने डेरी व्यवसायीले दूधको मूल्य प्रति लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । शुक्रबार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रति लिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको जानकारी दिएको हो ।

यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो । सरकारी स्वमित्वको डीडीसीले वृद्धि गरेको दूधको मूल्य स्वीकार्न नसकेर नयाँ मूल्य घोषणा गरेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए ।

। यससँगै अब किसानले पाउने मूल्य प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ कायम गरिएको डेरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्