Logo
Logo

कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने


441
Shares

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने तयारी गरिएको छ ।

कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा १६ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यस्तै अधिवेशन हुन बाँकी रहेका अन्य कुनै पनि तहको अधिवेशन फागुन १० गतेभित्रै सम्पन्न गर्ने सहितको प्रतिवेदन कार्यसम्पादन समितिको बैठकमा पेश भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत्तले जानकारी दिए ।

शुक्रबारको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे कुनै निर्णय हुन सकेन । भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान बैठकमा पेश र विधानका आधारमा जे आवश्यक पर्छ आइतबार पुनः बैठक बसेर निर्णय लिने प्रवक्ता महतले जानकारी दिए ।

भ्रातृ संस्थाबारे थप अध्ययन गर्न शनिबार बैठक नराखी आइतबारको बैठकबाट निर्णय लिन लागिएको महतले बताए । महतले एमसीसीलाई संसदमा पेश गरेर पारित गर्नुपर्ने धारणा नै कांग्रेसको आधिकारीक धारणा रहेको पनि बताए ।

कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक आइतबार २ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्