Logo
Logo

चारदेशीय ट्वान्टी-२० : ओमानमाथि नेपालको सानदार जित


1.1k
Shares

काठमाडौं । चारदेशीय ट्वान्टी-२० शृंखलामा नेपालले ओमनमाथि सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराउँदै कीर्तिमान राखेको हो ।

१ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपाललाई जित दिलाउनको लागि दीपेन्द्रसिंह ऐरीले अविजित अर्धसतक बनाए । दीपेन्द्रले ५३ बलमा ८ चौका र १ छक्कासहित ७५ रन बनाए ।

उनीसँगैं अविजित रहेका शरद भेषावकरले ४ रन बनाए । ओपनर प्रदीप ऐरी १४ बलमा ४ रनमात्र बनाई आउट भए । अर्का ओपनर आसिफ शेखले ११ बलमा १४ रन बनाए । ज्ञानेन्द्र मल्ल १६ बलमा १३ रन बनाई रनआउट भए । दीपेन्द्रसँग चौथो विकेटमा ४५ रन जोडेका आरिफ शेखले २० बलमा ३ चौका प्रहार गर्दै २५ रन बनाए ।

ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन जोडेको थियो ।

ओमानका लागि जिसन मक्सुदले अविजित ४३ रनको योगदान दिए भने मोहम्मद नदिमले ३१ रनको योगदान गरे । त्यसै जतिन्दर सिंहले १३, आयान खानले ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।

बलिङतर्फ नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक÷एक विकेट हात पारेका थिए ।

नेपालले शनिबार युएईसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्