Logo
Logo

चितवनसहित तीन जिल्लाका एसपी फेरिए


126k
Shares


काठमाडौं । चितवनसहित तीन जिल्लाका एसपी फेरिएका छन् । चितवन, बर्दिया र महोत्तरीका एसपी फेरिएका हुन् ।
चितवनमा नवराज अधिकारीको सरुवा भएको छ ।

उनी कार्यक्षमतामा कमजोर भएपनि माओवादी अध्यक्ष प्रचण्ड निकट समूहलाई प्रभावमा पारी चितवन गएका हुन् । यसअघि कपिलवस्तुमा हुँदा तस्करी खुलाएको आरोप उनीमाथि लागेको थियो ।

माओवादी नेतृ विना मगर लगायतको लबिइङमा अधिकारीलाई चितवन सरुवा गरिएको गृह मन्त्रालय स्रोत बताउँछ । गठबन्धन सरकार भएकाले प्रचण्डको गृहजिल्लामा उनकै सिफारिसमा सरुवा भएको हो ।

स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाणले उनलाई चितवन पठाउन चाहेका थिएनन् । यसअघि उनी रुपन्देही जाने प्रयासमा लागेका थिए । तर, गृहमन्त्री खाणले रोकेका थिए । त्यतीबेला रोकेपछि अहिले आफुलाई गृहमन्त्रीले रोक्ने नसकेको भन्दै एसपी अधिकारीले धाक लगाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले पनि उनलाई रुचाएको थिएन । तर, सरुवा भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाले रोक्न खोजेपछि नसेकेको भन्दै हिड्न थालेका छन् ।


त्यस्तै, महोत्तरीमा अपराध महाशाखाका कृष्ण पंगेनीलाई पठाइएको छ । त्यस्तै बर्दियामा वीरेन्द्र शाहीलाई पठाइएको छ । तीनै जिल्लाका एसपीको एक वर्षको कार्यकाल पुगेको थियो । चितवनका एसपी ओम अधिकारी, महोत्तरीका दिनेश आचार्य तथा बर्दियाका ईश्वर कार्कीको एक वर्षको अवधि पुगिसकेको थियो ।


नियमित सरुवा गर्न नसकेपछि तीन जिल्लामा काज सरुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्