Logo
Logo

प्रचण्ड जनयुद्ध दिवस मनाउन मधेस प्रदेश जाने


20.2k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि मधेस प्रदेश जाने भएका छन् ।

जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड भोलि (आइतबार) जनकपुर जान लागेका हुन् ।

उनले जनकपुरमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

जनयुद्ध दिवसको अवसर पारेर मधेस प्रदेशले भोलि सार्वजनिक विदा समेत दिइसकेको छ ।

माओवादी केन्द्रले पछिल्लो समय मधेस प्रदेशमा संगठन विस्तारलाई विशेष ध्यान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्