काठमाडौं । आसन्न स्थानीय निर्वाचनको सुरक्षाको तयारीका लागि प्रहरीले तयारी थालेको छ । प्रहरीले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ ।
एआइजी सहकुलबहादुर थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको हो । थापा कार्य विभागका एआइजी हुन् । उनी आगामी बैशाखमा प्रहरी महानिरीक्षकका दाबेदार पनि हुन् ।
प्रहरी प्रधान कार्यालयले चुनावका लागि अन्य तयारी समितिहरु पनि गठन गरेको छ । डिआइजी रबिन्द्र धानकु, बसन्त लामा तथा एसएसपी राजेश बाँस्तोलाको नेतृत्वमा समितिहरु गठन गरिएको छ ।
३० बैशाखमा एकै चरणमा हुने निर्वाचनका लागि एक लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । चुनावका लागि प्रहरीले सरकारसँग १३ अर्ब ३४ करोड माग गरेको छ । त्यसबाट केही गाडी खरिद हुनेछ ।