Logo
Logo

समाजवादी प्रेस संगठन रौतहटको अध्यक्षमा ठाकुर


882
Shares

रौतहट । समाजवादी प्रेस संगठन नेपालको रौतहट अध्यक्षमा मदन ठाकुर सर्वसम्मत चयन भएका छन् । रौतहटको गरुडामा भएको संगठनको पहिलो जिल्ला अधिवेशनबाट ठाकुर सर्वसम्मत अध्यक्षता चयन भएका हुन् ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिवसमेत रहेका ठाकुरको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समितिको चयन गरिएको छ । समितिको उपाध्यक्षमा कृष्णा तिवारी र इन्दूदेवी मिश्र, सचिवमा राकेश कुमार यादव, सहसचिवमा रुपेन्द्र पटेल र राजेश पासवान तथा कोषाध्यक्षमा रौशनकुमार चौधरी चयन भएका छन् ।

यस्तै, समितिको सदस्यमा संजयकुमार मिश्र, उमेश यादव, मनोजकुमार मुखिया, अजितकुमार कर्ण, प्रदीपदास तत्मा, मुकेश यादव, विदुर झा, विमलेश झा लगायतका रहेका छन् । अध्यक्ष चयन भएपछि ठाकुरले संगठनलाई चुस्त र विश्वसनीय बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्