काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच शनिवार (आज) छलफल हुने भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुने भएको हो ।
आजको हुने तीन शीर्ष नेताहरुबीच एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ ।
अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ । यसबारे सत्तारुढ गठबन्धनमा नै मतभेद देखिएको छ ।
काँग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित एमसीसी पारित गर्नुपर्ने बताउँदै आइरहेको छ । सरकारले अब बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ ।