काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भइरहेको छ ।
शनिबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच अहिले छलफल भइरहेको हो ।
उनीहरुबीच अमेरिकी अनुदान सहयोग परियोजना (एमसिसी)बारे छलफल भइरहेको बताइएको छ । सत्तारूढ गठबन्धनभित्रै एमसीसीबारे ध्रुवीकरण बढ्दै गएपछि तीन शीर्ष नेता छलफलमा जुटेका हुन् ।
छलफल के–के विषयमा केन्द्रित छन् भन्ने खुलेको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बैठक बालुवाटारमा बसिरहेको पुष्टि गरेका छन् ।