Logo
Logo

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन फेरि सुरु


693
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई पुनः आजदेखि निरन्तरता दिने भएको छ ।

कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन गर्ने भएको हो ।

महासचिव लीलामणि पौडेलका अनुसार गत २८ माघमा बसेको बार एशोसिएशनको निर्णय अनुसार उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरिएको हो ।

विगत १ सय ७ दिन देखी न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायाधीश राणाको राजीनामा माग पुरा नभएसम्म आन्दोलन जारी रहने महासचिव पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्