काठमाडौं । राप्रपा छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका कमल थापाले पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा हाँसो उठ्छ शीर्षमा लेखेका स्टाटस लेख्दै थापाले नयाँ सिर्जना बाध्यता रहेको आफ्नो बाध्यता रहेको समेत बताएका छन् ।
थापाले लेखेका छन्, ‘म राप्रपाबाट औपचारिकरुपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो, फुटाउँदै छ, कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ ।’
उनले पार्टीमा बस्ने वातावरण नबनाउने र बाहिर निस्कँदा पनि भ्रम फैलाइएको आरोप लगाउँदै भनेका छन्, ‘पार्टी भित्र बस्ने, टेक्ने ठाउँ नदिने । बाहिर निस्कँदा पनि सुख नपाउने। राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन । नयाँ सिर्जना वाध्यता हो ।’ थापाले सोमबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिने तयारी गरेका छन् ।
हासोँ उठछ!
म राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ।पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने।राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन।नयाँ सिर्जना वाध्यता हो pic.twitter.com/ub7Wtam7N2— Kamal Thapa (@KTnepal) February 13, 2022