Logo
Logo

१४ जना सांसदविरुद्ध परेको रिटमाथि आज सुनुवाइ


5.2k
Shares

काठमाडौं । नेकपा एमालेले साधारण सदस्यसमेत नरहनेगरी सांसदबाट निष्कासन गरेका १४ जनाविरुद्धमा परेको मुद्धमाथि आज सुनुनाइ हुने भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्धमा पार्टी पदमुक्त गरेर पनि सभामुखले गैरकानूनी काम गरेको आरोप लगाइएको छ । उक्त मुद्धामा यससघि पनि पटकपटक पेसी चढेर ‘हेर्न नभ्याइने’मा परेको थियो ।

आज उक्त मद्दामा न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासमा तोकिएको छ । आज संयुक्त इजलासको सुरूमै रहेकाले सो मुद्दाको सुनुवाइ अघि बढ्ने देखिएको छ ।

अध्यक्ष ओलीले लुम्बिनी प्रदेशका दुई सांसदको निष्कासनको कारबाही अघि नबढाएकोमा लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाएका छन् ।
एमालेको सूर्य चिन्ह लिएर निर्वाचित भएका विमला वली र अजय शाहीलाई निष्कासन गरिएको सूचना सभामुखले प्रकाशन नगरेकोमा एमाले अदालत गएको हो ।

एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँस गरेको थियो ।

कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्