Logo
Logo

महाअभियोग दर्ता भएपछि प्रतिनिधि सभाको बैठक सारियो


6.7k
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक दुई दिन पछि सारिएको छ । बैठक फागुन ४ गतेलाई सारिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद सचिवालयमा आज महाअभियोग दर्ता भएपछि प्रतिनिधि सभा बैठक सारिएको हो ।

संसद सचिवालयले आज सूचना जारी गरी प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ ।

बैठक यसअघि संसद फागुन २ गते १ बजे बस्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्