काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले महाअभियोग लागेको पत्र बुझेका छन् । पत्र बुझेपछि उनी सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।
आइतबार सत्ता गठबन्धन तीन दलका ९८ सांसदले संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसको जानकारी पत्रमार्फत सचिवालयले प्रधानन्याधीशलाई दिएको हो ।
प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए । महाअभियोग प्रस्ताव दर्तासँगै उनी पदबाट निलम्बनमा परेका छन् ।