Logo
Logo

महाभियोग स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र : विष्णु रिमाल


1.2k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग प्रस्ताव दर्ता गरेर सत्तापक्षले महाभियोग सिलसिलाको विजारोपण गर्दै सर्वोच्च अदालतलाई हुँडल्ने काम गरेको बताएका छन् ।

‘अहिलेको अवस्थामा सर्वोच्च अदालतलाई फेरि विवादमा ल्याउने र हुँडल्ने काम गरिएको छ, सत्ता पक्षले महाभियोगको सिलशिलाको विजारोपण गरेर अत्यन्त हानिकार, अनुचित, र अनुत्तरदायी काम गरेको छ’ रिमालले भनेका छन् ।

उनले प्रधानन्याधीशलाई महाभियोग लगाएर आमागी निर्वाचन रोक्ने षड्यन्त्र भएको मात्रै बताएका छन् । उनले आइतबार दिउँसो ट्वीट गर्दै भनेका छन्, ‘यो कार्य वैशाख ३० मा निर्धारित स्थानीय तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हुनसक्छ ।’

आईतबार सत्ता पक्षका ९८ सांसदले प्रधानन्यायाधीश राणामाथि महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्