काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको सत्ता गठबन्धनमा आवद्ध दल राष्ट्रिय जनर्मोचा (राजमो) ले पनि समर्थन गरेको छ ।
राजमोकी उपाध्यक्ष तथा सांसद् दुर्गा पौडेलले प्रस्ताव दर्ता हुने बेलामा पार्टीसँग छलफल नभएका कारण हस्ताक्षर गर्न नपाएको तर अब आफूले मतदान गर्ने जानकारी दिएकी छन् ।
‘अहिले त्यस प्रकारको सहमति जुटेर महाअभियोगको दर्ता भएको छ । संसदमा दर्ता भएको त्यो महाभियोगको प्रस्तावमा हाम्रो समर्थन छ र संसदमा पनि त्यो प्रस्तावको पक्षमा नै मतदान गर्ने मैले प्रतिबद्धता प्रकट गर्दछु’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
महाअभियोग प्रस्तावमा राजमोले हस्ताक्षर गरेको थिएन । गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० का सांसदले मात्रै प्रस्तावमा हस्ताक्षर गरेका छन् ।