Logo
Logo

डिएसपीहरुको काज सरुवाः दोलखामा पौडेल, रसुवामा चन्द


82.4k
Shares


काठमाडौं । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको दबाबमा केही डिएसपीहरुको काज सरुवा निकालेको छ । सरुवामा रसुवा, दोलखा, रामेछाप लगायत जिल्लाका डिएसपी फेरिएका छन् ।


रसुवामा कुलदीप चन्द, दोलखामा गंगा पौडेल तथा रामेछापमा राजकुमार थिङको सरुवा भएको छ ।
त्यस्तै, उपत्यकाका वृत्तहरु सातदोबाटो र चापागाउँका इन्चार्ज पनि फेरिएका छन् । सातदोबाटोमा मदन केसी तथा चापागाउँमा द्वारिका घिमिरेको सरुवा भएको छ । नियमित सरुवा रोकेर राजनीतिक सिफारिसका आधारमा धमाधम एसपी र डिएसपीको सरुवाका निर्णय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्