काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । सभामुखले बैठक आज (सोमबार) दिउँसो २ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाएको हो ।
उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको हो ।
सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार (हिजो) महाभियोग दर्ता गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । एमसीसीसँगको सम्झौतालाई सदनबाट अनुमोदन गर्ने विषयमा पनि दलहरु विभाजित छन ्। यस्तो बेलामा सभामुखले बोलाएको सर्वदलीय बैठकलाई चासोका साथ हेरिएको छ ।