काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि आव्हान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।
सभामुख सापकोटाले समसामयिक विषयमा छलफल गर्न भन्दै आज दिउँसो २ बजे सिंहदरवारस्थित संंसद सचिवालयमा बैठक राखेका छन् ।
सभामुखलाई हटाउनुपर्ने अडान राख्दै आएको एमाले आजको सर्वदलीय बैठकमा सहभागी नहुने भएको हो ।
एमालेले सभामुख सापकोटाको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।